३० आश्विन २०८३, शुक्रबार

भग्नावशेष हटाउन जापानले दश करोड प्रदान गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisaकाठमाडौँ, ८ जेठ । भूकम्पबाट क्षतविक्षत भएका भवनका भग्नावशेष हटाउन तथा कामका लागि दाम कार्यक्रमका माध्यमबाट आपत्कालीन रोजगारी सिर्जना गर्न रु १० करोड प्रदान गर्ने भएको छ ।

भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा भग्नावशेष व्यवस्थापन, भत्केका भवन सुरक्षित ढङ्गले लडाउने, उपकरण र औजार सहयोगका साथै चाँडोभन्दा चाँडो पहिलेको अवस्थामा फर्कन आवश्यक अन्य सहयोगमा उक्त रकम उपयोग गरिने छ ।

जापानले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) लाई उक्त रकम प्रदान गर्न लागेको हो । यहाँस्थित जापानी राजदूतावास र युनडिपीबीच उक्त सहायतासम्बन्धी सम्झौतामा आज हस्ताक्षर भयो । उक्त परियोजना आगामी नौ महिनासम्म ती जिल्लामा सञ्चानल हुने युएनडिपीले जनाएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँगको सहकार्यमा उक्त परियोजना कार्यान्वयन हुने र त्यसबाट भूकम्पले प्रभाव पारेका तीन हजार पाँचसय जनालाई लक्ष्यित गरेको छ । परियोजनाबाट एक हजार दुईसय जनाले भग्नावशेष हटाउने तथा त्यसको व्यवस्थानमा प्रत्यक्ष रोजगारी पाउने छन् । रासस