३० आश्विन २०८३, शुक्रबार

एमालेले कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १७ चैत । नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएको छ ।

विश्वासको मत लिने मुख्यमन्त्री शर्माको प्रस्तावमाथि शुक्रबार धारणा राख्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने बताएका हुन् ।

गत पुस २७ गते भएको एमाले र माओवादीबीचको सहमतिलाई निरन्तरता दिदै मुख्यमन्त्री शर्मालाई मत दिने निर्णयमा पुगेको नेता कँडेलको भनाइ छ ।

प्रदेश सभामा कुनै पनि पार्टीले बहुमत प्राप्त नगरेको अवस्थामा एमाले र माओवादी केन्द्रबीच सहमति भइ पाँच वर्षका लागि सरकार गठन गरिएको थियो ।