
काठमाडौं, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
उनले आज विभिन्न दलबाट सिफारिस भएका १० जना मन्त्रीलाई नियुक्ति र सपथग्रहण गराएका हुन् ।
थपिएका १० जना मन्त्रीमध्ये दुई जना मन्त्री महिला छन् । नेपाली कांग्रेसबाट सिफारिस भएकी सीता गुरुङ शहरी विकास र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी छिन् ।
तर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भने महिन्द्र राय यादवलाई दिइएको छ । उनी नेकपा माओवादी केन्द्रबाट मन्त्री नियुक्त भएका हुन् ।















प्रतिक्रिया