– सुशिल नेपाल
पाल्पा, ८ जेठ । देशमा महाभूकम्प गए लगत्तै कलाकारहरुले महाभूकम्पले पुर्याएको क्षति र दुःखपीडा सम्बन्धि गीतहरु तथा म्युजिक भिडियोहरु पनि बजारमा ल्याइरहेका छन् । यसैक्रममा पाल्पाली युवा तथा लोकदोहोरी गायक कृष्ण रानाभाटले पनि भूकम्पसम्बन्धि नयाँ गीत बजारमा ल्याएका छन् ।
सहयात्रा डिजिटल प्रालिको प्रस्तुतिमा बजारमा आएको गीतमा रानाभाटको एकल सुमधुर स्वर सुन्न सकिन्छ । देश प्राकृतिक विपत्तिमा परिरहेको समयमा जनताहरुमा परेको पीडा कम गराउने उद्देश्यले गीत बजारमा ल्याएको गायक रानाभाटले बताए ।
‘भूकम्प आयो’ एल्बममा समावेश ‘लिन भनि आको त्यो पापी काल, मत बाँचे के होला गाउँको हाल सम्पर्क भा छैन, भूकम्प आयो विध्वंस मच्चायो गाउँको केहि खबर पाछैन…’ बोलको गीतमा पाल्पाली चर्चित गायक हुम गैरेको शब्द तथा संगीत रहेको छ ।
हालसम्म १ दर्जन बढी गीती एल्बम बजारमा ल्याइसकेका तथा सहयात्रा डिजिटल प्रालिका म्यानेजिङ्ग डाइरेक्टर समेत रहेका रानाभाटले लगत्तै केहि दिनमा अर्को पनि भूकम्प सम्बन्धि गीत बजारमा ल्याउने तयारी गरिरहेको बताए ।
















प्रतिक्रिया