
काठमाडौं, १७ चैत । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका २ जना तथा आफ्नो दल माओवादी र जनता समाजवादी पार्टी जसपाबाट १–१ जनालाई मन्त्री नियुक्त गरेका छन् ।
कांग्रेस
पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा
डा. प्रकाशशरण महत अर्थ
रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति
सीता गुरुङ शहरी विकास
जसपा
अशोक राई शिक्षा विज्ञान तथा प्रविधि
नागरिक उन्मुक्ती
रञ्जिता श्रेष्ठ भूमि व्यवस्था
लोसपा
शरतसिंह भण्डारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
एकीकृत समाजवादी
बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास
प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात
माओवादी केन्द्र
शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ
माओवादीबाटै उपप्रधानमन्त्री बनेका नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ । ११ पुसमा भौतिक पूर्वाधारमन्त्री भएका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
हेर्नुहोस् तस्वीरहरू–
















प्रतिक्रिया