३० आश्विन २०८३, शुक्रबार

मन्त्रिपरिषद्ले पूर्णता पाउनेवित्तिकै नयाँ रेकर्ड बनाउने काम गर्छु : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्नेे दाबी गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषदले पुर्णता पाएपछि इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्नेे बताएका हुन् ।

यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोजेको भन्दै उहाले केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरु गर्ने उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले वामपन्थी विचार बोक्ने कर्मचारीहरू अरूभन्दा इमानदार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले अहिलेको अवस्थामा प्रतिस्पर्धा गर्न कर्मचारीहरुलाई सुझाव दिए ।