काठमाडौं, ८ जेठ । विवाह गर्न नमानेपछि एक युवती एसिड आक्रमणमा परेकी छिन् ।
भोपालको अशोका गार्डन इलाका शुक्रवार बिहान संजय पाटिलले विवाह गर्न नमानेको भन्दै आफ्नी प्रेमिकामाथि एसिड आक्रमण गरेका हुन् । प्रेमिकालाई एसिड आक्रमण गरेपछि सञ्जयले आफ्नै शरीरमा चक्कु प्रहार गरेर आत्महत्या पनि गरेका छन् ।
एसिड आक्रमणमा परेकी युवतीको अवस्था गम्भीर रहेको अस्पतालको रिपोर्टमा उल्लेख छ । भारतीय सञ्चारमाध्यमका अनुसार नयाँदिल्लीको अशोका गार्डनमा आक्रमणमा परेकी युवतीको नर्मदा अस्पतालमा उपचार भइरहेको छ ।
भोपाल के शंकाराचार्य नगरमा बस्दै आएकी एसिड आक्रमणमा परेकी युवती जीम ट्रेनर हुन् । उनी महिलाहरुलाई जीम खेलाउने काम गर्छिन् । सञ्जयले युवतीलाई एकोहोरो प्रेम गर्दै आएको र विवाहका लागि दबाब दिँदा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
जब शुक्रवार विहान ति युवती जिमका लागि जाँदै थिईन् । संजयले रामा कृष्णा होटलको नजिकै युवतीलाई रोकेर विहे गर्न दबाब दिन थाले ।
नमानेपछि युवतीमाथि एसिड फालेर आफ्नो शरीरमा चक्कु हाने । जसबाट सञ्जयको मृत्यु भयो । युवकको शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगेको छ । घटनाको अशोका गार्डन प्रहरी थानाले सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको छ । एजेन्सी
















प्रतिक्रिया