
काठमाडौं, १७ चैत । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्को निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बन्ने बताएका छन् ।
शुक्रबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले मिसन ग्रासरुट अभियानपछि एमाले बलियो बन्ने दाबी गर्दै एमालेको सरकारले मात्रै देशलाई स्थायीत्व दिने बताए ।
अहिलेको सरकारले स्थायीत्व नदिने देखिएको उनले टिप्पणी गरे ।
सरकारको तरिका राम्रो नभएको भन्दै पौडेलले विधेयकको सम्बन्धमा सरकारले गलत गरेको आरोप लगाए ।















प्रतिक्रिया