३० आश्विन २०८३, शुक्रबार

भूकम्प पीडितलाई एभरेष्ट ईन ग्रुप युकेको दुई लाख सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jasta-pata-gulmi

– अनिल खत्री

गुल्मी ८ जेठ । गुल्मी जिल्लाका भूकम्प पीडित परिवार र एक विद्यालयलाई एभरेष्ट ईन ग्रुप युकेले दुई लाख मुल्य बराबरको जिन्सी सामग्री सहयोग गरेको छ । ग्रुपका अध्यक्ष एवं एनआरएनएका केन्द्रिय सदस्य रहेका गुल्मी हुँगा–५, भानपोखराका पशुपति भण्डारीले उक्त सहयोग गरेका हुन् ।

तम्घासमा शुक्रवार एक समारोहकाबीच जिल्ला विपद व्यवस्थापन समितिलाई २८ वण्डल जस्ता पाता हस्तान्तरण गरेका छन् । त्यस्तै उनले जनबोध उच्च माध्यामिक विद्यालय बम्घा रानीवासलाई पनि ८ वण्डल जस्ता पाता त्यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद ज्ञवालीलाई हस्तान्तरण गरेका छन् ।

वेलायतमा रहेका त्यस ग्रुपका ६ वटा शाखाको एक दिनको सम्पुर्ण व्यापार तथा प्रत्येक शाखामा एक दिन च्यारिटी कार्यक्रम समेत गरेर १० लाख रकम नेपाल सरकारलाई एनआरएनए मार्फत दिएको त्यसका अध्यक्ष भण्डारीले बताए । त्यस मध्ये दुई लाख रुपैयाँ गृह जिल्लाका भूकम्प पीडितका लागि छुट्टाएको उनको भनाई रहेको छ ।

एनआरएनए, हेल्प नेपाल, माईती नेपाल, छाहरी नेपाल, शेर्पा फाउडेशन, हाम्रो घर लगायतका संघ संस्था मार्फत सहकार्य गरेर नेपालका विभिन्न भूकम्प ग्रस्त जिल्लाको अवलोकन गरी सहयोग हस्तान्तरण गर्न आएको बताए ।

ग्रुपले दिएको सहयोग ग्रहण गर्दै जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले कृतज्ञता जाहेर गर्दै थप सहयोगका लागि पहल गरी दिन एनआरएनएलाई अपिल समेत गरे ।

हस्तान्तरण कार्यक्रममा गुल्मी क्षेत्र नम्वर २ का सभासद चन्द्र भण्डारी र स्थानिय विकास अधिकारी डिलाराम पन्थी लगायतको सहभागिता थियो ।