३० आश्विन २०८३, शुक्रबार

धादिङ र नुवाकोटमा अर्काे भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ktm-Bhukampa

काठमाडौं, ८ जेठ । गत वैशाख १२ गतेको भूकम्पपछि निरन्तर कम्पन आइरहेका बेला नेपालमा शुक्रबार फेरि भूकम्प गएको छ ।

धादिङ र नुवाकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार २ बजेर ४५ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

शुक्रबार गएको यो पहिलो भूकम्प हो । यसअघि विहीबार साँझ ७ बजेर ३० मिनेटमा धादिङलाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्पको कम्पन भएको थियो ।