३० आश्विन २०८३, शुक्रबार

चितवनको क्रिकेट रङ्गशाला सरकारले बनाउँछ, दुईसाताभित्र समस्या समाधान गर्छु : प्रधानमन्त्री (भिडिओ)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा रहेको गौतमबुद्ध क्रिकेट रङ्गशालाको समस्या दुईसाताभित्रै समाधान गरिने बताएका छन् ।

आज बिहीबार चितवनस्थित भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रंगशालाको समस्या दुई सातामा हल हुने बताएका हुन् ।

उनले रंगशालामा रहेका समस्या हल गर्ने जिम्मा सरकारले लिने बताउँदै थोरै मन्त्रालय मिलाउन बाँकी रहेकाले छिटै मन्त्रिपरिषद् विस्तार हुने जानकारी पनि दिए ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन भ्याट बाहेक १ अर्ब २७ करोड, ९० लाख ९८ हजार ९७७ रुपैयाँमा निर्माण गर्न लागिएको हो । टर्मिनल भवनको निर्माण ३६ महिनाभित्र सम्पन्न गरिसक्ने सम्झौतामा उल्लेख छ ।