३० आश्विन २०८३, शुक्रबार

६१ वर्षीया महिला दुई पुरुषद्वारा बलात्कृत, १८ वर्षीय किशोर पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, १६ चैत । पाल्पामा ६१ वर्षीया महिला दुई जना पुरुषबाट बलात्कृत भएकी छिन् ।

महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुपन्देही गैडहवा गाउँपालिका–६ घर भई पाल्पा तानसेन नगरपालिका–६ स्थित खानेपानि ट्याङ्की निर्माणको काम गरी बस्ने ५६ वर्षीय महताम लोध र रुपन्देही कोटहीमाई गाउँपालिका–२ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरूले ती महिललाई गत मंगलबार बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडितले प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।