३० कार्तिक २०८३, सोमबार

आजको मौसम: गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । आज बिहीबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ ।

त्यस्तै, मुलुकको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार राती गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ । अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।