
काठमाडौं, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
बुधबार साँझ बालुवाटारमा बसेको दश दलीय सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबन्डा सहमति गरेसँगै आज प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।
सहमति अनुसार नेपाली कांग्रेसले ८ मन्त्रालय, नेकपा (माओवादी केन्द्र)ले ५, नेकपा (एकीकृत समाजवादी)ले २, जसपाले २, जनमतले राज्यमन्त्रीसहित १ मन्त्रालय, लोसपा, नागरिक उन्मुक्ति, आम जनता र नेसपाले एकएक मन्त्रालय पाउने भएका छन् ।
यद्यपि कुन पार्टीले कुन मन्त्रालय पाउने भन्नेबारे टुंगिएको छैन् ।
यता सत्ता गठबन्धनको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने तत्तकाल सरकारमा सहभागि नहुने भएको छ । रास्वपाले सभापति रवि लामिछाने बाहेक अन्यको नेतृत्वमा सरकारमा नजाने आशय प्रकट गरेपछि र अन्य दलले गैर सांसदलाई मन्त्री बनाउन नहुने बताएपछि रास्वपा तत्काल सरकारमा सहभागि नहुने भएको बताइएको छ ।












प्रतिक्रिया