३ कार्तिक २०८३, मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टी सरकार बाहिरै, प्रचण्डसँग बार्गेनिङ गर्दै रवि

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ ।

गठबन्धन दलहरूबीच बुधबार भएको भागबण्डामा रास्वपा सहभागी नभएको हो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन कायमै राखेको रास्वपाले तत्कालै सरकारमा नजाने निर्णय गरेको हो ।

स्रोतकाअनुसार सरकारमा सहभागी हुनका लागि पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग बार्गेनिङ गरिरहेका छन् ।

रविले चितवन -२ को उपनिर्वाचनमा आफूलाई गठबन्धनबाट साझा उम्मेदवार स्वीकार्नुपर्ने मुख्य शर्त राखेका छन् । यदी गठबन्धनभित्र रविको शर्तमा सहमति जुटे रवि आफैँ गैरसांसदको हैसियतमा मन्त्रीसमेत बन्ने तयारीमा छन् ।

रविको शर्तमा प्रचण्डले जवाफ दिए नदिएकोबारेमा भने जानकारी दिइएको छैन ।