३ कार्तिक २०८३, मंगलबार

हेटौंडामा प्रहरीको भ्यानको ठक्करबाट २ जना घाइते, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध (भिडिओसहित)

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १५ चैत । मकवानपुरको हेटौंडास्थित बुद्धचोकमा प्रहरीको भ्यानको ठक्करबाट दुई जना घाइते भएका छन् ।

बुधबार साँझ ७ बजे प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा हेटौंडा-४ का सुरेश बज्राचार्य र हेटौंडा-५ का मधुकर अर्याल घाइते भएका हुन् ।

उनीहरुको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकललाई ठक्कर दिएर प्रहरीको भ्यानका चालक फरार रहेका छन् ।

स्थानीयहरुले प्रहरी परिसरमा नाराबाजी गरिरहेका छन् । अहिले घटनास्थल र प्रहरी कार्यालय परिसर तनावग्रस्त रहेको छ । घटनापछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध बनेको छ ।