३ कार्तिक २०८३, मंगलबार

नेपाल लाइफका अभिकर्तालाई बुटवलमा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंगलबार बुटवलमा एकदिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रिय प्रशिक्षकहरूले प्रशिक्षण दिएको यस कार्यक्रममा ३३० जनाभन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता थियो ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल,कम्पनी सचिव विनोद भुजेल, एजेन्सी सर्भिसिङ विभागका प्रमुख सुनिता पोखरेल, प्रदेश प्रमुखहरू स्मृतिराज कँडेल, अनन्त अधिकारी, सहदेव अधिकारी, दीपकराज भट्टलगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीहरूको बाक्लो उपस्थिति थियो ।

विशेष कारणवश देशबाहिर रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भर्चुअली उपस्थित भई माघ महिनाको स्किमबाट छनोट भएर कार्यक्रममा उपस्थित बीमा अभिकर्ताहरूलाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकहरूले प्रशिक्षण दिएको सो कार्यक्रमले बीमा क्षेत्रमा भएका नवीनतम प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरूलाई थप निखार्न महत्त्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरूको सीप विकास तथा मनोबल अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी गराए । अभिकर्ताहरूको घरदैलोमा तालिम प्रदान गर्न पाउँदा आफू खुसी भएको उनले बताए ।

कार्यक्रममा ‘सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात’ भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्सले भर्खरै सार्वजनिक गरेको ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना’ सँग सम्बन्धित प्रस्तुतीकरण कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले गरेका थिए ।

सावधिक योजना र पेन्सन योजना भएको यो बीमा योजना एकदमै आकर्षक हुनुका साथसाथै नेपाली माटोसुहाउँदो रहेको पोखरेलले बताए ।

यो योजना न्यून लगानीले उच्च बचत तथा प्रतिफलको अपेक्षा गर्नेहरू र बुढेसकालमा पेन्सन चाहनेहरूका लागि अहिलेसम्मकै उत्कृष्ट बीमा योजना रहेको पोखरेलको दाबी छ ।

कार्यक्रमका सहभागीहरूलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बईबाट जीवन बीमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजयकुमार झा उपस्थित थिए ।