काठमाडौँ, ८ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।
प्रधानमन्त्री कोइरालाले उहाँलाई हालसम्म गर्नुभएको कामका लागि धन्यवाद दिनुभएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले आज संविधानको धारा ३८ को उपधारा ५ बमोजिम व्यवस्थापिका–संसद्का सभासद् कृपासुर शेर्पालाई मन्त्री पदमा नियुक्त गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । रासस















प्रतिक्रिया