३० कार्तिक २०८३, सोमबार

मन्त्रालय भागबन्डाको सहमति जुटाउन १० दलीय गठबन्धनको बैठक सुरु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । मन्त्रालय भागबन्डाको सहमति जुटाउन दश दलीय गठबन्धनको बैठक सुरु भएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल लगाएत गठबन्धनमा आबद्ध दलहरुका शीर्ष नेता र प्रतिनिधि सहभागि छन् ।

भागबन्डाको सहमति नजुट्दा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

यसअघि हिजो मंगलबार पनि मन्त्रालय भागबन्डाको सहमति जुटाउन गठबन्धनको बैठक बसेको थियो । तर सहमति नजुट्दा बैठक विना निष्कर्ष टुंगिएको थियो ।