
काठमाडौं, १५ चैत । आज बुधबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।
बाँकी भूभागमा आंशिक बदली रहे पनि सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार देशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै, बुधबार राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।












प्रतिक्रिया