२८ आश्विन २०८३, बुधबार

पशु चौपायमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान सुरु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । जिल्लामा पशु चौपायमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान सुरु गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार जिल्लाका सबै पालिकामा अभियानका लागि आवश्यक सामग्री पठाइसकिएको छ ।

सातवटै पालिकाले खोप लगाउन सुरु गरेको उहाँले बताए । पहिलो चरणमा ५५ हजार डोज खोप सात पालिकामा पठाइएको जनाएका छन् ।

गाई, भैँसी, बङ्गुर, बाख्रा र भेँडामा यो रोग देखिने गरेको बताए ।

ती पशु चौपायमा खोरेत विरुद्धको खोप लगाइने न्यौपानेको भनाइ छ । यीमध्ये गाई भैँसीमा बढी सङ्ख्यामा खोरेतको समस्या देखिने गरेको छ ।

खोरेत रोग लाग्दा पशु चौपायामा १०४ देखि १०६ डिग्रीसम्मको ज्वरो आउने, घाँसपात नखाने, झोक्राउने, गिँजा र जिब्रोमा स–साना फोका आउने, खुट्टाको खुरको कापमासमेत फोका आउने, मुख वरिपरि घाउ आउने भएकाले र्‍याल चुहिने, ब्याउने माउ गर्भ तुहिने समस्या देखिने, दूध दिइरहेको चौपायामा थुनेलोको समस्या देखिने जस्ता लक्ष्यण देखापर्ने बर्ताए ।

रोग लागेमा मुखको घाउमा पोटास पानीले सफा गरिदिने वा फिटकिरी पानीले सफा गर्ने, खुरका घाउलाई पोटास पानीले धोएर औषधि प्रयोग गर्न उहाँ सुझाव दिनुभयो ।

निलो तुथोले घाउ सफा गर्ने, घाउमा अन्य जीवाणु प्रवेश गरी थप सङ्क्रमण नहोस् भन्नका लागि एन्टिबायोटिक सुई लगाउने, खोरेत देखिइरहने ठाउँमा रोकथामको लागि खोरेत विरुद्धको खोप लगाउने गर्नुपर्ने न्यौपानेले बताए ।

यही अभियानका क्रममा जिल्लाका दुईवटा वडामा खोरेत रोगमुक्त कार्यक्रमसमेत सुरु गरिएको उहाँले जनाए काछन् ।

भरतपुर महानगरपालिका वडा नं ६ र रत्ननगर नगरपालिका–१२ मा कार्यक्रम सुरु गरिएको हो ।

दुई पालिकाका दुईवटा वडामा कार्यक्रम सञ्चालनका लागि रु २० लाख बजेट विनियोजन गरिएको छ । दुई वडामा १० हजार डोज खोरेतविरुद्धको भ्याक्सिन लगाइनेछ ।