२८ आश्विन २०८३, बुधबार

विद्यालयमा अन्धाधुन्ध गोली चल्यो, तीन बालबालिकासहित ६ जनाको मृत्यु

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । अमेरिकाको न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक पूर्व विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा तीन कर्मचारी र तीन बालबालिकाको मृत्यु भएको हो ।

गोली लागेर मारिएका बालबालिका ९ वर्षका छन्। गोली हानाहानमा मारिएका तीन वयस्कको उमेर ६०,६१ वर्षको आसपास रहेको छ।

विद्यालयमा प्रवेश गरी गोली चलाउने व्यक्ति २८ वर्षीया अउड्रे हेल रहेको पुष्टि भएको छ। घटनालगत्तै पुगेको प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक हिंसाका घटनामा कारबाही गरिने बताएका छन्।

घटनाप्रति दु:ख व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले मार्चको अन्त्यसम्ममा राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्।