३० कार्तिक २०८३, सोमबार

कांग्रेसको बैठक बस्दै, मन्त्री बन्नेको नाम टुंगो लाग्ने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज मंगलबार बस्दैछ ।

बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ । बैठकमा बैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसले सरकारमा सहभागी हुन अर्थ मन्त्रालयसहित ८ मन्त्रालय दाबी गरेको छ । कांग्रेस उपसभापति पुर्णबहादुर खड्का वा पार्टी प्रकाशशरण महत मध्ये एकको नेतृत्वमा सरकारमा सहभागि हुने तयारीमा छ ।

यसैबीच, मन्त्रालय भागबन्डाको टुंगो लगाउन आज मंगलबार सत्तारूढ १० दलीय गठबन्धनको बैठक बस्दैछ । अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले भागबन्डाको टुंगो लगाउने बताइएको छ ।

सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच मन्त्रिपरिषद् विस्तारका लागि १० दलीय गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो ।