
काठमाडौं, १३ चैत । नेकपा एमालेले सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’अन्तर्गत आज पनि देशका विभिन्न ठाउँमा कार्यक्रमहरू भएका छन् ।
गुल्मी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस इतिहासको कुनै पनि कालखण्डमा इमानदार बन्न नसकेको बताउनुभएको छ । आज गुल्मीको तम्घासमा आयोजित मिसन ग्रासरुटअन्तर्गतको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेसले बेइमानी गर्छ भन्ने कुरा आफूलाई सानै छँदादेखि थाहा भएको बताउनुभयो ।

अहिलेको संविधान एमालेको महत्वपूर्ण योगदान र पहलबाट बनेको बताउँदै उहाँले संविधान निर्माणपछि एमालेको नेतृत्वको सरकार बन्ने भनेर कांग्रेससँग सहमति भए पनि कांग्रेस इमानदार नहुँदा सरकार बन्न नसकेको स्मरण गर्नुभयो । एमालेको कामबाट अत्तालिएकाहरूले जालझेल गरेर एमालेलाई सरकारबाट हटाएको उहाँले बताउनुभयो ।
कार्यक्रमलाई एमाले उपमहासचिव प्रदीप ज्ञवाली तथा सचिवद्वय गोकर्ण विष्ट र छविलाल विश्वकर्माले सम्बोधन गर्नुभएको थियो । जिल्ला अध्यक्ष बालसिङ काउछाको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य डा. राजन भट्टराई, पोलिटब्युरो सदस्य ठाकुर गैरे र बिमला घिमिरे, केन्द्रीय सदस्य दिनेश पन्थी, सिर्जना काफ्ले र जंग नेपालीलगायतको उपस्थिति थियो ।
बारा
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बारा निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा पार्टीले बाहिरबाट ल्याएर उम्मेदवार नबनाउने बताउनुभएको छ । मिसन ग्रासरुटअन्तर्गत बाराको कलैयामा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्ने क्रममा उहाँले जिल्लाकै धर्तीमा जन्मिएका र भूगोलमा राजनीति गरिरहेका व्यक्ति एमालेको उम्मेदवार हुने बताउनुभयो ।
कार्यक्रममा एमाले सचिव रघवीर महासेठले मधेसको मुद्दा उठाएर मधेसीको भावनासँग खेल्ने अन्य पार्टीका उम्मेदवार बारा–२ मा पराजय हुने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, ज्वालाकुमारी साह, केन्द्रीय सदस्य राजकुमार गुप्ता, प्रभु हजरा, महमद समिर, बलवीर चौधरी, अरविन्द सिंह, रञ्जना सरकार, प्रदेशसभा सदस्य देवनारायण चौधरी, रवीन्द्रदास श्रेष्ठलगायत एमालेको विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति थियो ।
अछाम
नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरूट अभियानअन्तर्गत सोमबार अछाममा जिल्लास्तरीय अगुवा कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । केन्द्रीय प्रतिनिधिका रूपमा सुदूरपश्चिम प्रदेशमा खटिनुभएका पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पार्टी सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट, स्थायी समिति सदस्य तथा सुदूरपश्चिम सह–इन्चार्ज कर्ण थापालगायत नेताहरूले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा पोलिट्ब्यूरो सदस्य गौरी ओली, केन्द्रीय सदस्य दयाल बहादुर शाही र आशा बिक पनि सहभागी हुनुहुन्थ्यो ।
कास्की
नेकपा एमाले पोखरा महानगरपालिका सभा दलको बैठक बसेको छ । पार्टी स्थायी कमिटी सदस्य एवम् केन्द्रीय संगठन विभाग प्रमुखसमेत रहनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।
बैठकमा केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश सह–ईन्चार्जसमेत रहनुभएको पोखरा महानगरकालागि केन्द्रीय प्रतिनिधि मायानाथ अधिकारी, पोखरा महानगरका उपप्रमुख तथा पार्टी केन्द्रीय सदस्य मन्जु गुरुङ र महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले सम्बोधन गर्नुभएको थियो ।

सहभागीको सुझावलाई ग्रहण गर्दै दललाई पूर्णता दिनुका साथै उपप्रमुख गुरूङको संयोजकत्वमा सात सदस्यीय बोर्ड गठन गरिएको केन्द्रीय सदस्य अधिकारीले जानकारी दिनुभयो । बोर्डको सदस्यहरूमा राधिका शाही, निर्मल दियाली, गंगा केसी, निर्मला पौडेल र मन्दिरा परियार हुनुहुन्छ भने बिष्णुप्रसाद बराललाई बोर्डको सचिवको जिम्मेवारी तोकिएको छ ।
रोल्पा
रोल्पाको गंगादेव गाउँपालिका कमिटीको मध्यावधि समीक्षा बैठक सम्पन्न भएको छ । पार्टी पोलिट्ब्यूरो सदस्य खेममान खड्काको प्रमुख आतिथ्यता र खगेन्द्र ओलीको अध्यक्षतामा समीक्षा बैठक सम्पन्न भएको हो । बैठकमा प्रदेश कमिटी सदस्यहरू ओमराज घर्ती, मिश्री प्रसाद डाङी, जिल्ला कमिटी उपाध्यक्ष विजयकुमार घर्ती लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।

बैठकले मिसन ग्रासरुट अभियान गाउँ देखि वडासम्म प्रभावकारी रूपमा सम्पन्न भएको, अभियानले पार्टी पंक्तिमा उत्साह र उर्जा पैदा भएको ठहर गरेको छ ।
आगामी दिनमा अभियानलाई टोलसम्म संचालन गर्ने, पार्टी सदस्यता नवीकरण र नयाँ बितरण गर्ने कामलाई चैत २० गतेसम्म सम्पन्न गरिसक्ने, गाउँदेखि वडा तहमा जन संगठनहरू निर्माण गर्ने कार्ययोजना पनि बैठकले निर्धारण गरेको छ ।
म्याग्दी
मिसन ग्रासरूट अभियानअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ मा पार्टी पोलिट्ब्यूरो सदस्य मनकुमारी जिसी केसीको प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष तुलबहादुर पाईजाको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोलिट्ब्यूरो सदस्य केसीले मिसन ग्रासरुटले सबैलाई उत्साहित बनाएको बताउनुभयो । संगठित सदस्य नवीकरण गर्न र टोल टोलमा पुगेर जनसंगठन निर्माण गर्ने समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्ने सबैको दायित्व भएको र त्यसका लागि दृढ भएर लाग्नुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो ।
जुम्ला
जुम्लाको तातोपानी गाउँपालिका–८, टोप्लामा वडास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय प्रतिनिधिका रूपमा जुम्लामा खटिनुभएको केन्द्रीय सदस्य विष्णु रिजालको प्रमुख आतिथ्यता र वडा कमिटीका अध्यक्ष कर्णबहादुर शाहीको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई केन्द्रीय सदस्य रिजाल, जिल्ला अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्य शान्ता शाही, प्रदेश प्रतिनिधि नारायणी चौलागाईं, जिल्ला उपाध्यक्ष सुरतबहादुर शाही, लगायतले सम्बोधन गर्नुभएको थियो ।
सोही क्रममा वडा कमिटी पुनर्गठन गर्नुका साथै अखिल नेपाल महिला संघको वडा कमिटी पनि गठन गरिएको छ । यस्तै, सदस्यता नवीकरण र विस्तारको सुरुआत गर्दै त्यसलाई अभियानका रूप अघि बढाउन जिम्मेवारी बाँडफाँट गरिएको छ ।
जुम्ला
मिसन ग्रासरूट अभियानअन्तर्गत जुम्लाको हिमा गाउँपालिकाका सातै वडामा खटिनुभएका प्रदेश प्रतिनिधि, जिल्ला प्रतिनिधि, पालिका प्रतिनिधि र सातै वटा वडाका पदाधिकारीसंग अभियानको समीक्षा कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका केन्द्रीय सदस्य नागिन्द्र शाही (नेशनल) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सोही क्रममा पालिकामा रहेका तीनसय सात पार्टी सदस्यमध्ये अहिलेसम्म एकसय ५८ जना पार्टी सदस्यको सदस्यता नवीकरण र ८५ जनाले नयाँ पार्टी सदस्यताका लागि आवेदन दिनुभएको छ । कार्यक्रममा दक्षिणा शाही, प्रदेश प्रतिनिधि जयबहादुर खत्री लगायत नेताहरू पनि उपस्थित हुनुहुन्थ्यो ।
धादिङ
मिसन ग्रासरूट अभियानअन्तर्गत धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मा वृहत वडा भेला तथा विस्तारित बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य कैलाश ढुङ्गेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा प्रदेश कमिटी सदस्य रमेशकुमार आचार्य, जिल्ला कमिटी उपाध्यक्ष धनबहादुर घले लगायत ५३ जना नेताहरूको उपस्थिति थियो । सो अवसरमा एकसय वर्षीय बमबहादुर घलेलाई सम्मानसमेत गरिएको थियो ।
लमजुङ
लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ वडा कमिटीको आयोजनामा मिसन ग्रासरुट अभियानअनतर्गत वडास्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । जिल्ला कमिटी सचिवालय सदस्य एवम् मर्स्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यता र वडा कमिटीका अध्यक्ष पूर्ण घलेको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलामा जिल्ला कमिटी सचिवालय सदस्य प्रेमबहादुर बस्नेत, महेन्द्र थापा, जिल्ला कमिटी सदस्य युवा घलेलगायत नेताहरू उपस्थित हुनुहुन्थ्यो ।
यसैबीच, अभियानअन्तर्गत जिल्लाको राइनास नगरपालिका कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कमिटी सदस्य सम्झना देवकोटाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकमा प्रदेश कमिटी सचिवालय सदस्य मोहनहरि पौडेल, प्रदेश सदस्य रञ्जित कुमाल र जिल्ला सदस्यहरूको उपस्थिति थियो ।
नगरपालिकाले यही चैत २५ गते वडा नं. ४, २६ गते वडा नं. २, २७ गते वडा नं. ३, २८ गते वडा नं ७ र ६, २९ गते वडा नं ५ र ९ को बैठक गर्ने कार्यतालिका निर्माण गरेको छ । यस्तै, वैशाख १ गते वडा नं. ८, २ गते वडा नं. १० र १ को बैठक तथा ३ गते वडा ८ मा विशेष बैठक आयोजना गर्ने नगरकमिटीले जानकारी दिएको छ ।
रामेछाप
मिसन ग्रासरूट अभियानअन्तर्गत रामेछापका विभिन्न पालिकाका वडाहरूमा भेला, प्रशिक्षण तथा कमिटी गठन पुनर्गठन सम्पन्न भएको छ । यसैबीच, मन्थली नगरपालिका वडा नम्बर–२ र दोरम्बा–शैलुङ गाउँपालिका वडा नम्बर ६ लखनपुरमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
मन्थली नगरपालिका वडा नम्बर दुईको कार्यक्रम एमाले वाग्मती प्रदेश कमिटी सदस्य रत्न गौतमको प्रमुख आतिथ्यता र राष्ट्रिय युवा संघ नेपाल रामेछापका अध्यक्ष सुरेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न भयो भने दोरम्बस शैलुङ गाउँपालिका वडा नम्बर ६ को कार्यक्रम केन्द्रीय कमिटी सदस्य कपिलदेव पोखरेलको प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष जमानसिं तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

यसैगरी गोकुलगंगा गाउँ पालिका वडा नम्बर १ चुचुरेमा पनि कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय कमिटी सदस्य कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्ययतामा कार्यक्रम सम्पन्न भएको हो । यस्तै, अभियानअन्तर्गत उमाकुण्ड गाउँ पालिका वडा नम्बर ४ र ५ को भेला प्रीतिमा सम्पन्न भयो । एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं रामेछाप जिल्ला अध्यक्ष आनन्द श्रेष्ठको प्रमुख आतिथ्ययता कार्यक्रम भएको हो । कार्यक्रममा वाग्मती प्रदेश कमिटी सदस्य शेरबहादुर सुनुवार, गङ्गा कार्की लगायतले मन्तव्य राख्नु भएको थियो ।
इलाम
इलामको रोङ गाउँपालिका वडा नम्बर ३ मा मिसन ग्रासरूटअन्तर्गतको कार्यक्रम सम्पन्न भएको छ । प्रदेश कमिटी सचिवालय सदस्य ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संविधानसभा सदस्य शकुन्तला लेप्चा, जिल्ला कमिटी सदस्यहरू, जिल्ला कमिटी सदस्य युबराज राई, गाउँपालिका उपाध्यक्ष बिष्णु माया भुजेल खवास लगायतको उपस्थिति थियो ।
दैलेख
दैलेखको चामुण्डाबिन्द्रासैनी गाउँपालिकामा मिसनग्रासरूट अभियानअन्तर्गत नगरस्तरीय प्रगति समीक्षा बैठक सम्पन्न भएको छ । केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका मानवअधिकार तथा सामाजिक न्याय मञ्चका अध्यक्ष मीनबहादुर शाहीको प्रमुख आतिथ्यतामा समीक्षा बैठक सम्पन्न भएको हो ।

एमालेलाई पहिलो शक्ति बनाउन निरन्तर अभियानमा जुट्ने, टोल कमिटी, वडा कमिटी र जनसंगठनहरूको गठन, पुनर्गठन, सदस्यता नबिकरण, नयाँ पार्टी सदस्यता वितरण लगायतका कामलाई तीव्र बनाउने कार्ययोजना पनि बैठकले तय गरेको छ । केन्द्रीय प्रतिनिधि शाहीले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।















प्रतिक्रिया