२८ आश्विन २०८३, बुधबार

पेरिस ओलम्पिक महिला फुटबलको एसिया छनोट नेपालमा हुने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसिया छनोटको पहिलो चरणका खेल चैत २२ र २५ गते काठमाडौंमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसिया छनोटको पहिलो चरण अन्तर्गत नेपाल र भियतनामबीचको दुई खेल नेपालमा आयोजना हुने जानकारी गराएको हो ।

प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्र खेल्ने भएको हो ।

समूह ’सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको थियो । तर, यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएको एन्फाले जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भियतनामसँग दुई खेल खेल्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।

एसिया छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।

छनोटका लागि राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले सोमबार नैै ३३ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसक्नुभएको छ ।