२८ आश्विन २०८३, बुधबार

विमानमा समस्या देखिएपछि भैरहवा उड्न लागेको बुद्ध एयरको जहाज फिर्ता

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । भैरहवा उड्न लागेको बुद्ध एयरको एटीआर जहाज धावनमार्गबाट फिर्ता भएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार पौने ३ बजे उडान तालिका रहेको जहाज धावनमार्गमा केही बेर दौडिसकेको जहाजमा अचानक इण्डिकेसनमा समस्या देखिएपछि जहाजले टेकअफ नै रद्द गरेको थियो ।

जहाजलाई अब नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टीमले जाँच गर्नेछ ।

त्यसपछि मात्र उडानको अनुमति पाउने छ ।