
काठमाडौं, १३ चैत । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा ललितपुर मेयर्स ११ आयोजक ललितपुर ११ प्रतियोगिताबाट बाहिरिएको छ ।
आज सोमबार टीयु मैदान कीर्तिपुरमा भएको खेलमा मधेशले ललितपुरलाई १ वीकेटले पराजित गरेको हो ।
ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेशले १९ ओभर २ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । मधेशका लागि सरस्वती चौधरीले ३२ रन बनाइन् । ओपनर अलिशा यादवले सर्वाधिक १६ रन बनाइन् भने सीमा कँुवरले १५ रन बनाइन् ।
ललितपुरका लागि सोनी पाख्रिन र कृतिका मरासिनीले समान २/२ तथा कप्तान अस्मिना कर्माचार्य र मनिशा उपाध्यायले समान १/१ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स ११ ले २० ओभरमा ५ विकेट गुमाएर ९६ रन बनाएको थियो ।
ललितपुरका लागि सोनी पाख्रिनले ४३ बलमा ३ चौकाको सहयोगमा सर्वाधिक ३४ रन बनाइन् । लक्ष्मी चौधरीले २७ बलमा २३ रन बनाउँदा श्रृष्टि जैशीले अविजित १५ रन बनाइन् ।
मधेशका लागि सरस्वती कुमारीले २ तथा रोजी कडारी, अनुराधा चौधरी र कप्तान कविता गौतमले समान १–१ विकेट लिइन् ।
लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ । चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।















प्रतिक्रिया