३० आश्विन २०८३, शुक्रबार

केपी ओली पत्नी राधिकासँग एकाएक रोमान्टिक बनेपछि… (तस्वीरहरूसहित)

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । पार्टीको कार्यक्रममा सहभागी हुन आइतबार अर्घाखाँची पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकाएक रोमान्टिक बन्न पुगे ।

कार्यक्रम सकिएपछि आफ्नी पत्नी राधिका शाक्यको साथमा उनी अर्घाखाँचीको मसुरपाटास्थित सेल्फी डाँडामा पुगे । सेल्फी डाँडाको डिलमा आफू बसे र पत्नी राधिका शाक्यलाई पनि आफूतिर तानेर सँगै बसाए ।

अध्यक्ष ओली अप्रत्याशित रूपमा रोमान्टिक बन्न पुगेपछि उनको साथमा रहेका मानिसहरू आश्चर्यमा परे । पत्नी राधिका त लाजले भुतुक्कै भइन् अनि मुख छोपिन् ।

लजाइरहेकी आफ्नी पत्नीलाई अध्यक्ष ओलीले पल्लो डाँडामा ढकमक्क फुलेका गुराँस देखाउँदै प्रकृतिका अनुपम छटाहरूबारे वर्णन गरिरहेका थिए । त्यही बेलामा सँगै रहेका केहीले तस्वीर र भिडिओ कैद गरे । तस्वीरमा ओली पत्नी राधिकासँग कुनै चलचित्रको पोस्टरमा देखिने हिरो–हिरोइनको पोजमाझैं देख्न सकिन्छ ।

डाँडामै बसेर उनले आफ्नो वैवाहिक किस्सा पनि सम्झिए । ३३ वर्षअघि जेलबाट रिहा हुनेबित्तिकै आफूले राधिकासँग विवाह गरेको ओलीले सुनाए । उनका अनुसार राधिका विवाह नगर्ने सोचमा थिइनन् । तर, राधिकाले जब ओलीलाई भेटिन् तब एकै भेटमा विवाहका लागि तयार भएकी थिइन् ।

यस्तै ओलीले त्यहाँस्थित अर्घा मन्दिरको दर्शन पनि गरेका छन् । अध्यक्ष ओली अर्घा मन्दिरमा पुगेपछि स्थानीयले बाजागाजासहित स्वागत गरेका थिए । सो क्रममा अध्यक्ष ओली आफैँले सारङ्गी पनि रेटे । उसो त ओली हरेक विधामा उत्तिकै दख्खल राख्ने नेतामा पर्छन् । ओलीले रेटेको सारंगीको धुनमा स्थानीय झुमेका थिए ।