
१३ चैत, काठमाडौं । प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् ।
७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए।
अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटीमा रिहा हुन आइतबार आदेश दिएको थियो।
सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्कालाई धरौटी नबुझाएपछि केन्द्रीय कारागार पठाइएका हुन् ।
प्रशासन कार्यालयले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै प्रहरीले उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धानको प्रक्रिया अघि बढाइएको थियो।













प्रतिक्रिया