३० कार्तिक २०८३, सोमबार

बर्दिबासबाट हिँडेरै काठमाडौं आइपुगेका मिटरब्याज पीडितले आज माइतीघर मण्डलमा प्रदर्शन गर्दै

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । महोत्तरीको बर्दिबासबाट हिँडेरै काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुले आज राजधानीको माइतीघर मण्डलमा प्रदर्शन गर्ने भएका छन् ।

चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेर ११औँ दिनमा आइतबार अपरान्ह ३ बजे काठमाडौंको मातातिर्थ आइपुगेका पीडितहरुले आज सोमबार बिहान मिटरब्याजी विरुद्ध माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन् ।

आज बिहान ८ बजे मातातिर्थबाटै हिँडेर माइतीघर मण्डलमा पुगेर प्रदर्शन गर्ने उनीहरुको तयारी रहेको छ ।

मिटरब्याज विरुद्धको संघर्ष समितिको अगुवाइमा काठमाडौं आइपुगेका उनीहरुले माग पुरा नभएसम्म घर नफर्कने बताएका छन् । मिटरब्याज विरुद्धको संघर्षका लागि महोत्तरीसहित सप्तरी, सिरहा, धनुषा, कैलाली लगाएत जिल्लाका करिब ८५ जना पीडितहरु काठमाडौं आइपुगेका हुन् ।

उनीहरुले तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनु पर्ने, पीडितविरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने लगायका माग राखेका छन् ।

उनीहरु महोत्तरीको बर्दिवास हुँदै रौतहटको चन्द्रनिगाहपुर, बाराको पथलैया, मकवानपुरको हेटौंडा, भीमफेदी हुँदै काठमाडौंको मातातिर्थ आइपुगेका हुन् ।