३ कार्तिक २०८३, मंगलबार

सर्लाहीको मलंगवाबाट १ सय ८८ किलो गाँजा बरामद

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । सशस्त्र प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका ११ गम्हरीया स्थित झिम खोला बाध इलाकाबाट १ सय ८८ किलो ९ सय ग्राम गाँजा बरामद गरेको छ ।

शनिबार सशस्त्र प्रहरी बल नेपाल नम्बर–१० गण सर्लाहीबाट खटिएको टोलीले उक्त गाँजा बराबद गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता पुरुषोत्तम थापाले जानकारी दिए ।

अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नसाथ गाँजा कारोबारी गाँजा छाडेर भागेको प्रहरीले जनाएको छ । बरामद गाँजा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।