
काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले कालापानी, लिपुलेक, लिम्पियाधुरामा जनगणना किन नगरेको भन्दै संसदमा प्रश्न उठाएका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कुँवरले २०१८ सालमा गणना भएको तर अहिले नभएकोमा प्रश्न गरेका हुन् ।
‘यसपल्ट त्यहाँ जनगणना नभएको सुनेको छु। जबकि सन् २०१८ सालमा नै जनगणना भएको थियो। यसपल्ट त्यहाँ गणना किन छुटेको हो ?’ कुँवरले प्रश्न गरे ।















प्रतिक्रिया