
काठमाडौं, १२ चैत । मुख्यमन्त्री लिला गिरी नतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्ने अवस्थामा पुगेको छ ।
नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएसँगै अन्य पाँच दलले पनि बाहिरिने तयारी गरेपछि सरकार अल्पमतमा पर्ने भएको हो ।
आइतबार बिहानै माओवादीबाट मन्त्री बनेकाले राजीनामा दिएका थिए । यस्तै, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा, जसपा, एकीकृत समाजवादीले पनि सरकारबाट बाहिरिने तयारी गरेका हुन् ।
नेकपा एमालेका मुख्यमन्त्री गिरीले अब पुन विश्वासको मत लिनुपर्ने भएको छ ।















प्रतिक्रिया