
काठमाडौं, १२ चैत । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागी हुने भएको छ ।
स्रोतकाअनुसार रास्वपा तीन वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन लागेको हो ।
यसबारेमा रास्वपाले भने मुख खोलेको छैन । कुन कुन मन्त्रालय लिएर सरकारमा सहभागी हुन लागेको भन्नेबारेमा पनि खुलाइएको छैन ।
यसअघि पनि सरकारमा सहभागी भएको रास्वपा समर्थन भने कायम नै राख्दै बाहिरिएको थियो ।















प्रतिक्रिया