३० कार्तिक २०८३, सोमबार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज आइतबार दिउँसो १ बजे संसद् भवनमा बस्ने भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ’संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी विधेयक, २०७९’ र ’बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयक, २०७९’ माथि विचार गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेसबाट संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित गणेशप्रसाद विमलीको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको पनि सचिवालयले जानकारी दिएको छ ।