
भक्तपुर, ११ चैत । भक्तपुरको सूर्यविनायक राममन्दिर नजिकै रहेको ओम शान्ति टेलरिङले अब ६ हजार ५०० रुपैयाँमै शुट–पाइन्ट तयार गरेर बिक्री गर्ने भएको छ ।
ओम शान्ति टेलरिङले सबै खालका ग्राहकहरुको पहुँचमा शुट–पाइन्ट पुगोस्, रहरको पहिरन सबैले लगाउन सकुन् भन्ने उद्देश्यले सुलभ दरमा शुट–पाइन्ट बिक्री गर्न लागिएको सञ्चालक झरिलाल खङगले बताए ।
उनले भने ‘हामी ६ हजार ५०० रुपैयाँमै कोट–पेन्ट, सर्ट, टाइ ग्राहककै रोजाइका कपडा र उनीहरुकै रोजाइको डिजाइनमा सिलाएर दिनेछौ ।’ आफूले धेरै सोचेर यो खालको अफर ग्राहक समक्ष ल्याएको उनी बताउँछन् । ‘हामीले दिएको दर र गुणस्तर एवम् आधुनिक प्रविधिजडित सेवा सुविधा अरु अहिलेसम्म अरु कसैले दिएका छैनन् । नाफा भन्दा ग्राहकप्रतिको सेवाभावले हामीले यो योजना ल्याएका हौ ।’
ओम शान्ति टेलरिङ शुट–पाइन्ट मात्रै नभएर दौरा–सुरुवालका लागि पनि प्रसिद्धि कमाएको संस्था भएको खङगको भनाइ छ । ग्राहकहरूकै रोजाइ अनुसार दौरा–सुरुवाल सिलाइने उनले बताए । त्यसका साथसाथै विवाह, ब्रतबन्ध तथा स्कुल कलेजका सबै खाले लत्ताकपडाहरुको उत्कृष्ठ सिलाइ गरिने उनको भनाइ छ ।















प्रतिक्रिया