३० आश्विन २०८३, शुक्रबार

एमालेको मिसन ग्रासरुट अभियान : शनिबार दिनभर के–के भए ?

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । नेकपा एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियानअन्तर्गत आज काठमाडौं र भक्तपुरलगायत देशका विभिन्न स्थानमा कार्यक्रमहरू भएका छन् ।

कार्यक्रमहरूलाई पार्टीका केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटव्युरो, केन्द्रीय कमिटी र विभिन्न जिम्मेवारीमा रहेका नेताहरूले सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा उनीहरूले आगामी निर्वाचनमार्फत नेकपा एमालेले बहुमत प्राप्त गरी सरकारमा जाने र त्यसपछि मात्रै विकास र समृद्धिको राष्ट्रिय आकांक्षाले गति लिने बताएका छन् ।

तनहुँ

मिसन ग्रासरूट अभियानअन्तर्गत तनहुँको निर्वाचन क्षेत्र नंं १ मा क्षेत्रीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यता र जिल्ला कमिटीका उपाध्यक्ष एवम् क्षेत्र नम्बर १ का संयोजक हरिराज कँडँलको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले तनहुँ–१ मा मिसन ग्रासरुट अभियानलाई चुनावी अभियानको रूपमा बदल्नुपर्ने बताउनुभयो । चुनाव एउटा लडाइँ भएको बताउदै उहाँले लडाइँ एमालेले जित्नुपर्ने र लडाईमा दलाल पुँजीवादलाई पल्टाउनुपर्ने धारणा राख्नुभयो । प्रशस्त छलफल गरेर निर्णय गर्नुपर्ने र निर्णयलाई अक्षरस कार्यान्वयन गर्दै पार्टी पंक्ति एकताबद्ध भएमा गठबन्धनका उम्मेदवारलाई सजिलैसँग हराउन सकिने उहाँले बताउनुभयो ।

सधैँभरि पार्टीको पक्षमा लाग्न सक्ने उम्मेदवार चाहिने बताउँदै उपाध्यक्ष ज्ञवालीले सबै पार्टी कमिटी एकताबद्ध भएर चुनाबमा लाग्नुपर्ने धारढाा व्यक्त गर्नुभयो । समृद्व नेपाल, सुखी नेपाली नेकपा एमालेको मुख्य लक्ष्य भएको उहाँले बताउनुभयो । मिसन ग्रासरुट अभियानबाट प्रत्येक टोलमा पुग्नुपर्ने भन्दै उहाँले यो अभियानले एमालेको उपचार गरेर पार्टी पहिलेको भन्दा स्वस्थ बन्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्यहरू विद्या भट्टराई, कृष्ण पौडेल, भगवती न्यौपाने, जिल्ला कमिटी अध्यक्ष श्रीप्रसाद श्रेष्ठलगायतले अभियानको बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भक्तपुर

मिसन ग्रासरूट अभियानअन्तर्गत शनिबार भक्तपुरमा प्रेस चौतारी नेपाल वागमती प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसिएट प्रदेशले भक्तपुरमा आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी उपमहासचिव तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङको प्रमुख आतिथ्यता र उपत्यका प्रदेश कमिटीका अध्यक्ष विष्णु आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव गुरूङले माओवादीसँग पार्टी एकता गर्दा पार्टीभित्र धेरै विकृति र विसङ्गति देखिएको बताउनुभएको छ । माओवादी अलग भएर गएपछि बल्ल पार्टी चलायमान भएको धारणा व्यक्त गर्दै उहाँले संगठनमा देखिएको अनुशासन र अराजकताको खोजी गर्न ग्रासरुट अभियान चलाइएको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डे, पार्टीको प्रचार तथा प्रकाशन विभागका सचिव एवम् प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन बिष्ट, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र बिष्ट, महासचिव उजिर मगर, प्रचार विभागकी सदस्य निर्मला शर्मा, प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बागमती प्रदेश कमिटीका अध्यक्ष शरद सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा एसोसिएट प्रदेशकी उपाध्यक्ष सुरक्षा भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कास्की

नेकपा एमालेले सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’अन्तर्गत आज कास्कीको माछापुच्छ्रे गाउँपालिमा पालिकास्तरीय कार्यत्रकता भेला सम्पन्न भएको छ । पार्टी सचिव पद्मा कुमारी अर्यालको प्रमुख आतिथ्यतामा भेला सम्पन्न गरिएको हो । 

भेलाले मिसन ग्रासरुटअन्तर्गत हालसम्म भएका कार्यक्रमहरूको समीक्षा गर्नाका साथै भावी कार्यक्रमहरू तयार पारेको छ । भेलामा पार्टी केन्द्रीय सदस्य कल्पना चापागाई, प्रदेश उपसचिव रश्मी आचार्य र जिल्ला सचिव दामोदर बैरागीलगायत नेताहरूको आतिथ्यता रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै सचिव अर्यालले मुलुकमा देखिएको विद्यमान बेथितिबाट निकास दिदै मुलुक बनाउने पार्टी एमाले भएको बताउनुभएको छ । देश बनाउने, देशका लागि समृद्धि प्राप्त गर्ने र जनतालाई सुखी बनाउने पार्टी एमाले मात्र भएको बताउँदै उहाँले यो अभियानबाट विचारलाई समाप्त पार्ने धमिराको नाश गर्दै देश बनाउन एमालेलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

पाल्पा

मिसन ग्रासरुट अभियानअन्तर्गत पाल्पाको तानसेन नगरपालिका वडा नं. १३ को वडास्तरीय भेला एवम् प्रशिक्षण कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ । पार्टी पोलिटव्युरो सदस्य खिमलाल भट्टराईको प्रमुख आतिथ्यता र वडा कमिटीका अध्यक्ष लिला भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा पोलिटव्युरो सदस्य भट्टराईसहित नेताहरू देवी वस्याल, परशुराम भट्टराई र गुराँस आत्रेयले विभिन्न समसामयिक विषयमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस र जनमुक्ति पार्टी परित्याग गरी तीन जना नेताहरू एमालेमा प्रवेश गर्नुभएको छ । नौ जनाले नयाँ पार्टी सदस्यताका लागि आवेदन गर्नु भएको छ ।

म्याग्दी

मिसन ग्रासरुट अभियानअन्तर्गत म्याग्दीको बेनी नगरपालिका ७ र ८ नम्बर वडा कमिटीले संयुक्तरूपमा बैठक आयोजना गरेका छन् । पार्टी पोलिटव्युरो सदस्य मनकुमारी केसीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न गरिएको हो ।

बैठकलाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य केसीले ‘मिसन ग्रासरुट’ अभियानले पार्टीलाई सुदृढ र विस्तारित बनाउनाका साथै आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने बताउनुभएको छ ।

यस्तै, नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले पार्टीले दिएको जिम्मेवारी सबैले पूरा गर्नुपर्ने बताउँदै आफ्नो काम, कर्तव्य र अधिकार के हो भनेर पार्टी विधानले नै स्पष्ट किटान गरेको हुँदा सोहीअनुसार सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।

यसैबीच, एमालेको जनसङ्गठनहरूको संयुक्त बैठक पनि बेनीमा सम्पन्न भएको छ । बैठकले अभियानअन्तर्गत आ–आफ्नो जनसङ्गठनमार्फत विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने तथा पार्टीले सञ्चालन गरेको अभियानलाई सफल बनाउन आवश्यक कार्ययोजना बनाएको छ ।

धादिङ

धादिङको नेत्रावती डबजोड गाउँपालिका वडा नं. ३ ले मिसन ग्रासरुट अभियानअन्तर्गत वडास्तरी भेला आयोजना गरेको छ । पार्टी केन्द्रीय सदस्य कैलाश ढुंगेलको प्रमुख आतिथ्यता र ३ नम्बर वडा कमिटीका अध्यक्ष थुङसङ तामाङको अध्यक्षतामा भेला सम्पन्न गरिएको हो ।

भेलामा प्रदेश कमिटी कमिटी सदस्य रमेश कुमार आचार्य, जिल्ला कमिटी उपाध्यक्ष धनबहादुर घले, जिल्ला कमिटी सदस्यद्वय दुर्गा कुमार शाक्य र बीना कुमारी मम्बा, पालिका कमिटी अध्यक्ष डिलबहादुर थापा मगरलगायत नेताहरूको आतिथ्यता रहेको थियो । भेलाले वडा कमिटीमा रिक्त सचिव र सदस्यहरूको पदपूर्ति गरेको छ ।

काठमाडौं

मिसन ग्रासरुट अभियानअन्तर्गत काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले पालिका सञ्चालन समन्वय संयन्त्र पालिका सभादल गठन गरेको छ । पार्टी केन्द्रीय सदस्य रचना खड्काको प्रमुख आतिथ्यता र नगर कमिटीका अध्यक्ष प्रदीप डंगोलको अध्यक्षतामा बसेको नगर कमिटीको बैठकले सभादल गठन गरेको हो ।

पार्टीले हालै जारी गरेको स्थानीय तह सञ्चालन निर्देशिका अनुसार नगर कमिटीको बैठकले मीठाराम अधिकारीको संयोजकत्वमा ६ सदस्यीय सभादल गठन गरेको बुढानीलकण्ठ नगरपालिकाका नगरकमिटी अध्यक्ष डंगोलले जानकारी दिनुभयो ।

सभादलको सदस्यहरूमा लक्ष्मी सङ्गग्रौला, अनिता लामा, प्रदीप डङ्गोल, शम्भु भट्टराई र श्रीकृष्ण श्रेष्ठ रहनुभएको छ । साथै बैठकले नगरपालिकाभित्रका सबै वडाहरूमा वडा सञ्चालन समन्वय संयन्त्र निर्माण गर्ने निर्णय पनि गरेको छ । बैठकले पालिका सञ्चालन समन्वय सम्यन्त्रमा पालिका सभा दलको नेता, उपनेता, प्रवक्ता, पार्टीको तर्फबाट नगर इञ्चार्ज, नगर कमिटी अध्यक्ष, उपाध्यक्ष र सचिव रहने व्यवस्था गरिएको छ ।

गोरखा

गोरखाको सिरानचोक गाउँपालिका वडा न ६ मा वडा भेला कार्यक्रम सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज रामशरण बस्नेतको प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष बाबुराम बोगटिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश सचिवालय सदस्यहरू प्रेम गुरुङ, बाबुराम थापा लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

तनहुँ

पार्टी विस्तार तथा सुदृढीकरण अभियान मिसन ग्रासरूटअन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नम्बर ५ को वडा कमिटी विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य विद्या भट्टराईको प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भट्टराईले जनतासँग पार्टीलाई जोड्ने अभियान नै मिसन ग्रासरूट भएको बताउनुभयो । मिसनग्रासरुटले जनता र पार्टीसँगको सम्वन्धलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने हँुदा यसको सफल सफल कार्यान्वयन नै अबको आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सल्लाहाकार सदस्य एकबहादुर राना, प्रदेश सचिवालय सदस्य विष्णुभक्त सिग्देल जिल्ला सदस्य प्रेम प्रसाद पौडेल लगायत नेताहरूले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

नवलपुर

नवलपुर जिल्लाका ४० प्रतिशत वडाहरूमा मिसन ग्रासरुट अभियानले पूर्णता पाएको छ अन्य वडाहरूमा तीव्रताका साथ कार्यक्रमहरू भइरहेका छन् ।

जिल्लाको गैडाकोट नगरपालिकाको १८ मध्ये १५ वटा वडा, देवचुली नगरपालिकाको १७ मध्ये १३ वटा वडा, कावासोती नगरपालिकाको १७ मध्ये ७ वटा, मध्यविन्दु नगरपालिकाको १५ मध्ये ७ वटा, बुलिङटार गाउँपालिकाको ६ वटै वडामा विस्तारित बैठक सम्पन्न भएको छ । यस्तै, बौदीकाली गाउँपालिकाको ६ मध्ये ३ वटा वडा, हुप्सेकोटको ६ मध्ये ३ वटा, विनयी त्रिवेणी गाउँपालिकाको ७ मध्ये ३ वटा वडामा विस्तारित बैठक तथा भेला सम्पन्न भएको एमाले जिल्ला प्रचार विभाग प्रमुख सागर पोख्रेलले जानकारी दिनुभयो ।

यसैबीच, अभियानअन्तर्गत कावासोती नगरपालिकाको ३ वटा वडामा शनिबार अभियान सम्पन्न भएको छ । केन्द्रीय प्रतिनिधि एवम् गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीको आतिथ्यतामा वडा नम्बर ३, ७ र १६ मा विस्तारित भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै कार्कीले पार्टी पंक्ति र निर्वाचित जनप्रतिनिधिलाई प्रत्यक्ष रूपमा स्थानीयको समस्यासँग जोडिदै समाधान गर्न निर्देशन दिनुभयो ।

एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवम् प्रदेश प्रतिनिधि शोभियत ढकालले स्थानीय समस्या बुझ्दै पार्टी संगठनमार्फत सामधान गर्दै जाने र पार्टीलाई संगठित गर्दै अघि बढ्न अभियान संचालन गरिएको बताउनुभयो । कावासोति १४ मा भएको अभियान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएका आधा दर्जन व्यक्तिहरूलाई पार्टीमा स्वागत गरिएको थियो ।

लमजुङ

लमजुङको सुन्दरबजार नगरपालिका कमिटीद्वारा आयोजित स्थानीय सभादल भेला सुन्दरबजारमा सम्पन्न भएको छ । प्रदेश कमिटी सचिव धनन्जय दवाडीको प्रमुख आतिथ्यता र सभादलका नेता तथा नगरपालिकाका उपमेयरसमेत रहनुभएकी भवानी केसीको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै दवाडीले पार्टीका तर्फबाट जनप्रतिनिधिका रूपमा रहनुभएकाहरू आम नागरिकको पक्षमा अहोरात्र कर्तव्यनिष्ट रूपले लागिरहनुपर्ने बताउनुभयो । एमाले लमजुङका अध्यक्ष कृष्ण अधिकारीले जनप्रतिनिधिहरूको कार्यशैलीका कारण पार्टी सुदृढीकरण हुने बताउनुभयो।

चितवन

नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य दावादोर्जे लामाले एमालेलाई पुरानै अवस्थामा फर्काउन मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ रत्ननगर नगर कमिटीको सातौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै उहाँले विभाजनपछि कमजोर जस्तो देखिएको एमालेलाई पुरानै अवस्थामा फर्काउन अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।

जनताको घरदैलोमा पुगेर पार्टीको शक्ति स्थापित गर्ने गरी अभियान अगाडि बढेको उहाँले जानकारी दिनुभयो । एमालेलाई सिध्याउन चौतर्फी घेराबन्दी गरिएको भन्दै उहाँले एमाले जनताको प्यारो पार्टी भएका कारण विपक्षीको सपना कहिल्यै पूरा नहुने बताउनुभयो । एमाले राष्ट्रिय स्वाधिनताको लागि लडेको र लडिरहने पार्टी रहेको भन्दै जनताले एमालेलाई फेरि काँखी च्याप्ने उहाँको भनाइ थियो ।

कालिकोट

मिसन ग्रासरूट अभियान सञ्चालनसँगै नेकपा एमालेप्रति आम नागरिकको आकर्षण बढेको छ । अभियानले युवादेखि पाको पुस्तालाई समेत समेटिरहेको छ ।

यसैबीच, कालिकोटको पचालझरना गाँपालिका वडा नम्बर ४ मा ९० वर्षीय जयसिंह धामीले एमालेको सदस्यताका लागि आवेदन दिनुभएको छ । १९८९ साल जेठ १० गते जन्मनुभएका सेजुवालले पार्टी सदस्यताका लागि आवेदन दिनुभएको हो ।

पार्टी सदस्यताका लागि आवेदन दिनुहुँदै सेजुवालले एमाले पार्टीले वृद्ववृद्वा लगायत सबै दु:खी गरिबलाई भत्ता दिनुका साथै विकाससमेत दिएकाले एमालेको सदस्यता लिन लागेको बताउनुभयो । यस्तै, ४ नम्बर वडाकै ६९ वर्षीय बिर्खबहादुर सेजुवालले पनि पहिलो पार्टी सदस्यता नवीकरण गराउनुभएको छ ।

काभ्रे

मिसन ग्रासरुट अभियानअन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ४ नम्बर वडा कमिटीले पनौती बसपार्क क्षेत्रमा मानेश्वरी बसपार्कदेखि पशुपति मन्दिरसम्म सरसफाई कार्यक्रम आयोजना गरेको छ ।

वृहत् सरसफाई कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश कमिटी उपाध्यक्ष रामहरि सुवेदी, पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जारा, नगर कमिटी अध्यक्ष सुरेश हुमागाँई, वडा नम्बर ४ का वडा अध्यक्ष दिपक दाहाललगायत स्थानीयको सहभागिता थियो ।

वडा अध्यक्ष दाहालले सरसफाई सबैको साझा दायित्व र कर्तव्य भएको बताउँदै घरको फोहोर बाटो, सडक र खोलामा फालेर समस्या समाधान भएको नसम्झन आग्रह गरेका छन् । आलोचना गरेर मात्रै फोहोर नउठ्ने भन्दै उनले स्वच्छ वडा बनाउन सबै जुट्नुपर्ने बताएका छन् ।