३० आश्विन २०८३, शुक्रबार

विदेशबाट फर्किएकालाई सहि रुपमा परिचालन गरेर आर्थिक अवस्था सुधार्न सकिन्छ : केपी ओली (फोटो/भिडिओ)

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवाहरुलाई सहि रुपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताएका छन् ।

आज शनिबार काठमाडौंमा रिटर्नी फेडेरेशन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले विभिन्न समस्याले विदेशिन बाध्य भएका युवाहरुलाई नेपाल फर्किएपछि सहज रुपमा उत्पादन लगायत क्षेत्रमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्थाका साथै स्थानीय समस्या पनि समाधान हुने बताएका हुन् ।

स्वदेश फर्किएका नागरिकले देश विदेशमा हासिल गरेका अनुभवहरुलाई स्वदेशमा नै परिपक्व ढंगले सदुपयोग गर्नुपर्ने उनको भनाइ छ । ओलीले नेपालमा साम्प्रदायिकताको ठाउँ नरहेको र यसको नारा लगाएर समस्याको समाधान नहुने भन्दै मुलुकका सबै ठाँउमा एकतावद्ध भएर सामूहिक ढंगले समस्या बुझ्दै अघि बढ्न रिटर्नी फेडेरेशनलाई सुझाव दिए ।

भोलिसम्म चल्ने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने फेडेरेसनका अध्यक्ष चन्द्रबहादुर रोकायाले जानकारी दिए । २०७८ साल पुस १६ गते एमालेको जनसंगठनका रुपमा फेडेरेसन गठन भएको थियो ।