३० कार्तिक २०८३, सोमबार

मुलुक सुधारको सुरुवात निजी जीवनबाट हुन्छ: अध्यक्ष ओली

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निजी जीवन सुधारबाटै मुलुक सुधारको सुरुवात हुने बताएका छन् ।

रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेसनको उद्घाटन गर्दै अध्यक्ष ओलीले देशका लागि योगदान गर्न पहिलो चरणमा आफ्नो अवस्था सुधार गर्नु पर्ने बताए ।

उनले भने,‘मुलुक सुधारको सुरुवात निजी जीवन सुधारबाट हुन्छ । पहिलो चरणमा आफ्नो अवस्था सुधार हुनु पर्‍यो । त्यसले उसको परिवार सुधार गर्छ । परिवार सुधार भए गाउँ सुधार हुन्छ । गाउँ सुधार हुँदा जिल्ला र जिल्ला सुधारबाट देश सुधार हुन्छ । म सुधार गर्दिन भनेर बस्दा आफैं सुधार हुदैँन । आफूले आफ्नो प्रवन्धन गर्न सके देशको आर्थिक उन्नती र गरिबी निवारणमा योगदान पुग्छ । आफ्ना लागि काम गरिएन भने देशका लागि छुट्टै काम हुँदैन ।’

उनले पदको पछि लागेर देश सुधार नहुने बताए । समस्याको समाधान गर्ने नीति निर्माण गर्ने र कार्यन्वयन गर्न सक्ने नेतृत्व छान्न सक्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।