
काठमाडौं, ११ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सुरक्षाको अन्तिम किल्लाको रुपमा रहेको नेपाली सेनाको संख्या घटाउने बहसको सट्टा प्रदेश तहको संरचना हटाउने बारे बहस गर्नुपर्ने बताएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका छन् ।
उनले प्रदेश तह आर्थिक र राजनीतिक बोझ बनेको टिप्पणी गर्दै प्रदेश तहको संरचना हटाउनेबारे विचार गर्नुपर्ने उल्लेख गरेका छन् ।
उनले नेपालको निम्ति अर्बौ तलब भत्ता खाने करिब सयको संख्यामा प्रदेश मन्त्री र पाँच सय प्रदेश सांसद आवश्यक छ भन्दै प्रश्न समेत गरेका छन् ।












प्रतिक्रिया