
काठमाडौं, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनसंख्या व्यवस्थापनका विशेष कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।
राष्ट्रिय जनगणना २०७८ को राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्दै प्रचण्डले नेपालमा जनसंख्याको वृद्वि सन्तुलित नभएको भन्दै त्यसको व्यवस्थापनका लागि अवाश्यक कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाएका हुन् ।
कम उमेरका व्यक्तिहरुको संख्या क्रमश: घटेको र बढी उमेरका व्यक्तिहरुको संख्या क्रमश: बढेको देखिएकोमा चिन्ता व्यक्त गर्दै प्रचण्डले समग्र जनसंख्याको वार्षिक वृद्धिदर घट्ने क्रममा रहेको जानकारी दिए ।
तराई र पहाड तथा ग्रामीण क्षेत्रको जनसंख्या पनि घट्दो क्रममा देखिएको भन्दै प्रधानमन्त्रीले विदेशमा बस्ने व्यक्तिहरुको संख्या बढेको र त्यसमध्ये महिलाहरुको अनुपात बढेको देखिएको बताए ।
तथ्याङ्क प्रणालीको सुदृढीकरण तथा एकीकृत तथ्याङ्क पद्धतिको निर्माण गर्ने उद्देश्यले जारी भएको तथ्याङ्क ऐन, २०७९ को कार्यान्वयनलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको पनि प्रधानमन्त्रीले बताए ।















प्रतिक्रिया