
काठमाडौं, १० चैत । अमेरिकाको टेक्ससस्थित आफ्नै घरमा मृत फेला परेका समाजसेवी कृष्णप्रसाद लामिछानेको अन्त्येष्टि गरिएको छ ।
उनको शुक्रबार बिहान टेक्ससमै हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । समाजसेवी लामिछाने मंगलवार सांझ आफ्नै घरमा मृत फेला परेका थिए ।
तर, घटना शंकास्पद देखिएको छ । उनको शरिरका विभिन्न भागहरुमा चोटपटकसमेत देखिएकाले घटना शंकास्पद देखिएको अमेरिकामै रहेका लामिछाने निकटस्थहरुले जानकारी दिएका छन् ।













प्रतिक्रिया