
काठमाडौं, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि शुक्रबार बिहान अध्यक्ष नेपाल बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहँदा नेकपा एस पनि सरकारमा सहभागी हुने तयारीमा छ ।
प्रचण्ड र नेपालबीच मन्त्रालयकै विषयमा छलफल भएको बताइएको छ । नेकपा एसले गृहमन्त्रालयको दाबी गर्दै आएको स्रोत बताउँछ ।















प्रतिक्रिया