३० कार्तिक २०८३, सोमबार

आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै छ ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्नेछ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको कार्यकाल सकिएपछि नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

६ चैतमा ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार छन् ।