३० कार्तिक २०८३, सोमबार

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको  निधन भएको छ ।

उनको ८६ वर्षको उमेरमा बिहीबार राति न्युरो अस्पतालमा निधन भएको हो ।

२०१८ सालमा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवन लगायत कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

उनको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।