
काठमाडौं, ९ चैत । स्याङ्जामा श्रीमानले कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको छ ।
माघ २२ गते श्रीमान लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशव राज न्यौपाने मिलेर कमलामाथि कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा निधन भएको हो ।
कुटपिटबाट बेहोस भएकी उनलाई १५ घण्टापछि गाउँलेले थाहा पाएर उपचारका लागि अस्पताल लगेका थिए ।
कमलाको पोखरामा सामान्य उपचारपछि नर्भिक अस्पताल लगिएको थियो ।
कुटपिटमा संलग्न दुवै जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी मुद्दा चलाइसकेको छ ।
जिल्ला अदालत स्याङ्जाले जेठाजु केशवराजलाई ३ चैतमा दुई लाख धरौटीमा छोडेको छ भने श्रीमान् लक्ष्मी प्रसादलाई पुर्पक्षका लागि जिल्ला कारागार पठाएको छ ।













प्रतिक्रिया