२८ आश्विन २०८३, बुधबार

देवचुलीमा गैंडाको आक्रमणबाट महिलाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । नवलपुरको देवचुलीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

देवचुलीस्थित महाराजा सामुदायिक वनमा घाँस काट्न गएकी देवचुली–१० पृथ्वीनगरकी ६१ वर्षीया दरिमाया थापाको गैंडाको आक्रमणबाट मृत्यु भएको हो ।

बुधबार दिउँसो गैंडाले आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ ।