
काठमाडौं, ९ चैत । नेकपा (माओवादी केन्द्र) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
समर्थन फिर्ताको निर्णय गर्न अहिले माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको बैठक बसिरहेको छ । प्रदेश
सरकारको नेतृत्व एमालेले गरिरहेको छ । गत पुस २८ मा माओवादी केन्द्रसहित लोसपा, नागरिक उन्मुक्ति, राप्रपा र जसपाको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका थिए ।
तर, केन्द्रमा एमाले बाहिरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि देखिएको छ ।
लुम्बिनी सरकार ढालेर नेतृत्व हत्याउने कसरतमा माओवादी रहेको छ । यअघि नै माओवादीले कांग्रेसलाई लुम्बिनीको मुख्यमन्त्री दिन नसक्ने बताइसकेको छ ।















प्रतिक्रिया