२ कार्तिक २०८३, सोमबार

कांग्रेसका सांसदहरू हेटौँडा नगएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आज संसदबाट विश्वासको मत लिन पाएनन् । नेपाली कांग्रेसका सांसदहरु काठमाडौंमा नै बसेपछि मुख्यमन्त्री जमरकट्टेलले विश्वासको मत लिन नपाएका हुन् ।

प्रदेश सभा बैठक बस्दै नबसी स्थगित गरिएको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने र सो प्रस्तावमा छलफल गरी निर्णयार्थ पेस गर्ने कार्यसूचीका लागि बुधबार बोलाइएको प्रदेशसभा बैठक बस्न नसकेपछि सूचना टाँस गरी स्थगित गरिएको हो ।

प्रदेशसभाको अर्को बैठक चैत १० गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । मुख्यमन्त्री जमरकट्टेललाई विश्वासको मत दिने कि नदिने भन्ने निर्णय गर्न सांसदहरु काठमाडौं आएपछि प्रदेश सभा बैठक प्रभावित भएको हो ।

अन्तिम समयमा आएर काँग्रेस बागमती प्रदेश संसदीय दलको काठमाडौंमा बसेको बैठकले विश्वासको मत दिने निर्णय गरेको थियो ।

तर, सांसदहरुलाई हेटौँडा पुग्न समय नभएपछि प्रदेशसभा नै प्रभावित भएको हो ।