२ कार्तिक २०८३, सोमबार

किसानका माग पूरा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । किसानका मागहरु पूरा गर्नुपर्ने माग राख्दै विभिन्न ६ वटा कम्युनिष्ट पार्टी निकटका किसान संघ महासंघले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघ लगायतका संगठनमा आवद्ध संयुक्त किसान संघर्ष समितिले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले लघुवित्तको ज्यादती रोक्नु पर्ने, मीटरब्याजीका कारण कृषक पलायन हुनुपरेको भन्दै आक्रोश ब्यक्त गरेका छन् ।

रासायनिक मलखादको समस्यालाई तत्काल समाधान गर्नुपर्ने, सरकारसंग यसअघि भएको सहमति कार्यान्वयन गर्नुपर्ने लगाएतका मागका साथ राज्यलाई ध्यानाकर्षण गराउन सांकेतिक विरोध प्रदर्शन गरेको नेकपा एस निकट अखिल नेपाल किसान संगठनका अध्यक्ष बलराम बास्कोटाले बताए ।

उनीहरुले कृषिमा वैदेशिक लगानी हुन नहुने, भूमि बैंक खारेज गर्नु पर्ने लगायतका मागसमेत राखेका छन् । शान्तिपूर्ण विरोधका कार्यक्रमबाट आफ्ना मागहरु सुनुवाई नभए सशक्त आन्दोलन गर्ने संघर्ष समितिको चेतावनी छ ।